काठमाडौं – थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।