भिजिट भिसा प्रकरण: गृहमन्त्री लेखक मात्र यसको केन्द्रमा छैनन् – अध्यक्ष प्रचण्ड

File Photo

विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै सम्बन्धित नभएको बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त प्रकरण धेरै पहिलेदेखि चलिआएको बताउँदै गृहमन्त्री रमेश लेखक मात्र यसको केन्द्रमा नरहेको स्पष्ट पारे। ‘यो विषय गम्भीर छ, छानबिन हुनैपर्छ भन्ने हाम्रो माग हो,’ प्रचण्डले भने, ‘छानबिन गर्न सरकार सहमत भएपछि हामीले संसद सञ्चालन गर्न सहमति दिएका हौं।’

संसद सञ्चालनका लागि गरिएको सहमतिको विषयमा पार्टीभित्रैबाट विरोध भएको विषयमा बोल्दै उनले कार्यकर्ताहरूले नबुझेर विरोध गरेको र पछि बुझ्दा चुप लाग्ने विश्वास व्यक्त गरे। सहमतिको साटो कुनै सौदाबाजी भएको भन्ने हल्लालाई प्रचण्डले खण्डन गर्दै भने, ‘यस्ता सहमति त यसरी नै हुँदै आएका हुन्, यो कुनै नयाँ कुरा होइन।’ उनका अनुसार भिजिट भिसा प्रकरणमाथि निष्पक्ष र गम्भीर छानबिन हुनुपर्नेमा सबै पक्षको सहमति आवश्यक छ र त्यसैअनुसार माओवादी केन्द्रले आफ्नो भूमिका खेलेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्