सञ्चार सचिव दीपक सुवेदीको विदाई

sf7df8f}F, #! j}zfv M ;~rf/ tyf ;""rgf k|ljlwdGqfnodf a'waf/ ;~rf/ dGqfnosf ;lrj bLks ;''j]bLnfO{ ljbfO{ sfo{qmddf sb/kq k|bfg ub}{ ;~rf/ tyf ;""rgf k|ljlwdGqL 8f o''j/fh vltj8f . t:jL/ M rGb|snf If]qL÷/f;;

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी सेवानिवृत्त हुनभएपछि उहाँको बुधबार बिदाइ गरिएको छ । विसं २०४१ मा नेपाल सरकारको निजामती सेवाको खरिदार पदबाट सेवा शुरु गरेका सुवेदीले आज सचिव पदबाट अवकाश प्राप्त गरेका हुन् ।

मन्त्रालयमा आयोजित समारोहमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सचिव सुवेदीलाई मायाको चिनो प्रदान गर्दै सुवेदीले इमान्दार कर्मचारीका रुपमा आफूलाई प्रमाणित गरेको बताए । “यो चुनौतीपूर्ण मन्त्रालय हो, उहाँले जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुभयो”, सचिव सुवेदीको प्रशंसा गर्दै मन्त्री डा खतिवडाले भने । निजामती सेवामा काम गर्दा विभिन्न उतारचढाव आइरहने चर्चा गर्दै मन्त्री खतिवडाले त्यसलाई सफलतापूवर्क पार गर्दै अवकाश प्राप्त गरेकोमा सचिव सुवेदीलाई बधाई दिए ।

यस्तै सचिव सुवेदीले थोरै समयमा उपलब्धिपूर्ण काम गर्ने प्रयास गरिएको बताए । उनले आफूले बनाएका विभिन्न योजना हाल जारी कोरोना भाइरसको सङ्क्रमणका कारण सम्पन्न गर्न नसकेको उल्लेख गरे । “समय थोरै थियो, धेरै काम सम्पन्न गर्ने इच्छा हुँदाहुँदै पनि अहिलेको बाधा अड्चनका कारण सकिएन”, उनले भने । सुवेदीले निजामती सेवामा झण्डै ३६ वर्ष काम गरे । यस क्रममा उनले विभिन्न मन्त्रालयको सचिव, विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, लोकसेवा आयोगलगायतमा काम गरे । पछिल्लो समय सञ्चार मन्त्रालयको सचिवका रुपमा गत वर्ष मङ्सिरमा उनले जिम्मेवारी सम्हालेका थिए । – रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्