घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य: सम्पत्ति शुद्धीकरण रोक्न नयाँ व्यवस्था लागू

काठमाडौं – अबदेखि घरजग्गा किनबेच गर्दा खरिदकर्ता र विक्रेताले दुवैले आफ्नो बैंक स्टेटमेन्ट र केवाईसी (KYC) फारम पेश गर्नुपर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको नयाँ निर्देशनअनुसार यो व्यवस्था लागू भएको हो।

यो निर्णय सम्पत्ति शुद्धीकरण नियन्त्रण र आतङ्कवादी गतिविधिमा हुने वित्तीय लगानी रोक्न लक्षित छ।

नयाँ व्यवस्थाअनुसार:

  • १० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्नेछ।

  • खरिदकर्ताको खाताबाट विक्रेताको खातामा सिधा रकम जम्मा भएको प्रमाण (बैंक स्टेटमेन्ट) पनि लिखत पास गर्ने बेलामा अनिवार्य पेश गर्नुपर्नेछ।

  • एक व्यक्तिले एकै दिनमा ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेमा राष्ट्र बैंकलाई जानकारी दिनुपर्नेछ।

नयाँ प्रणालीले काला धनको प्रवेश, नक्कली कारोबार तथा आयस्रोत लुकाउने गतिविधिमा नियन्त्रण ल्याउने अपेक्षा गरिएको छ। यसले घरजग्गा कारोबारलाई थप पारदर्शी बनाउने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्