प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि सारियो

काठमाण्डौ— प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्ने तय भएपनि दिउँसो २ बजेसम्मका लागि सारिएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोपसहित विपक्षी दलहरूले संसदमा जारी अवरोध अन्त्य गर्न छलफल चलिरहेका कारण बैठक केही घण्टा पर सारिएको हो।

गृहमन्त्री लेखकले आफूविरुद्ध उठेका आरोपमा सदनसमक्ष स्पष्ट पार्न पटक–पटक समय माग्दै आएका छन्। तर, विपक्षी दलहरूले उनको राजीनामाको माग गर्दै लगातार संसद अवरुद्ध गर्दै आएका छन्।

सभामुख देवराज घिमिरेले आज बिहानैदेखि संसद सञ्चालनमा ल्याउन प्रयास थालेका छन्। उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त बैठकसमेत डाकेका थिए।

सभामुख घिमिरेले बैठकमा “पहिला गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि छलफल गरौं” भन्ने प्रस्ताव अघि सारेपछि विपक्षी दलहरूले यसबारे थप छलफल गर्ने बताएका छन्।

संसद सञ्चालनको दिशा तय गर्न यो छलफल निर्णायक बन्न सक्ने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्