काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालक घाइते

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाटमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी नुवाकोट ककनी–१ की ३६ वर्षीया सुनिता बलामीको निधन भएको हो।

मकवानपुरको चित्लाङबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका पौने ८ बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो। मोटरसाइकलको पछाडि सवार सुनिता बलामी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल एपीएफ अस्पताल बलम्बु लगिएको भए पनि उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक मानबहादुर बलामी (निवासी ककनी–१) को समेत एपीएफ अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि मोटरसाइकललाई थानकोट प्रहरी वृत्तमा राखिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्