पाकिस्तानले भन्यो – ‘भारतले तीन सैन्य हवाई अड्डामा मिसाइल प्रहार गरेको छ, जवाफ दिन्छौँ’

काठमाडौँ – पाकिस्तानी सेनाले भारतले आफ्ना तीनवटा सैन्य हवाई अड्डामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। तर भारतले यसबारे हालसम्म कुनै औपचारिक टिप्पणी दिएको छैन।

सरकारी टेलिभिजन च्यानलमार्फत सेनाको तर्फबाट प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले वक्तव्य दिँदै भने, “भारतीय मिसाइल आक्रमणको जवाफ पाकिस्तानी सेना दिनेछ।” उनले दाबी गरे कि पाकिस्तानी एयर डिफेन्स प्रणालीले भारतका अधिकांश मिसाइलहरू खसाल्न सफल भएको छ र देशको सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ।

उनका अनुसार आक्रमणको निशानामा परेका तीन सैन्य हवाई अड्डामध्ये एक रावलपिण्डीस्थित नूर खान हवाई अड्डा पनि पर्छ, जुन पाकिस्तानको राजधानी इस्लामाबादबाट करिब १० किलोमिटरको दूरीमा अवस्थित छ।

यद्यपि, भारत सरकारले अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। पछिल्ला केही दिनयता भारत–पाकिस्तानबीचको सैन्य तनाव तीव्र बनिरहेको छ। – बिबिसीको सहयोगमा

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्