पूर्वप्रधानमन्त्री प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निजी निवासमा गएराति उनी शौचालयमा चिप्लिएर लडेका थिए।

लडाइँका कारण उनको टाउको र निधारमा चोट लागेको छ । लगत्तै उनलाई उनलाई मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार, टाउकोमा चोट लागेकाले टाँका लगाइएको छ। अहिले उनको अवस्था स्थिर र सामान्य रहेको जनाइएको छ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्