जनमत र नागरिक उन्मुक्तिले किन गरे संसद् अवरोध ?

काठमाडौँ – जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसद् अवरोध गरेका छन्।

मंगलबारको बैठकमा सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोजेका थिए सो समयमा जनमत र नागरिक उन्मुक्तिले संसद् अवरोध गरेका हुन्। घिमिरले आफूले सरकारको ध्यानाकर्षण गराएको भन्दै बस्न आग्रह गरेका छन् । उनीहरूले वैशाख १७ गते नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गरेका छन् ।

आज बैठक सुरु हुनासाथ नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले धारणा राखेकी थिइन् । उनले पनि रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी थिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्