पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँग अख्तियारले लियो बयान

काठमाडौं — पतञ्जली योगपीठको नाममा काभ्रेमा भएको हदबन्दी छुटको जग्गा खरिदबिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालसँग अख्तियारले केही समयअघि बयान लिएको स्रोतले जानकारी दिएको छ।

२०७६ सालमा पतञ्जली आयुर्वेद कम्पनीले हदबन्दीभन्दा बढी जग्गा खरिद गरी कानुन विपरीत बिक्री गरेको आरोपमा अख्तियारले अनुसन्धान थालेको हो। यो जग्गा खरिदको स्वीकृति माधव नेपाल प्रधानमन्त्री रहँदा २०६६ सालको मन्त्रिपरिषदबाट दिइएको थियो। यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि घटनाको अनुसन्धान थालेको थियो। तर अख्तियारले अनुसन्धान अघि बढाएपछि दोहोरो प्रक्रिया नहोस् भनेर सीआईबीले आफ्नो अनुसन्धान स्थगित गरेको हो।

अख्तियारले अहिले पतञ्जलीसँग सम्बन्धित निर्णय प्रक्रियादेखि कानुनी आधार र कार्यान्वयनसम्मका पक्षबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्