भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा उत्तर प्रदेश र उत्तराखण्डका उच्च नेतासँग भेटवार्ता

 

लखनउ, वैशाख २३ – भारतको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज लखनउमा भेटवार्ता भएको छ।

मुख्यमन्त्री शाह र समकक्षी आदित्यनाथबीच दुई देशबीचको आपसी सम्बन्ध, सीमा क्षेत्रका सरोकार, आपसी हित तथा सांस्कृतिक र धार्मिक समानताका विषयमा छलफल भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

यसअघि मुख्यमन्त्री शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग देहरादूनमा भेटवार्ता गरेका थिए। सो अवसरमा पनि दुई देशबीचको ऐतिहासिक सम्बन्ध, साझा संस्कृति, धार्मिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको थियो।

मुख्यमन्त्री शाहले उत्तराखण्डका राज्यपाल गुरमित सिंहसँग समेत छुट्टै भेटवार्ता गरेका थिए।

सुदूरपश्चिम प्रदेशको तर्फबाट मुख्यमन्त्रीको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल यही वैशाख १६ गते भारत भ्रमणमा गएको हो। प्रतिनिधिमण्डल आजै धनगढी फर्किने बताइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्