लेकम गाउँपालिका–२ मा विद्युत् लाइन परीक्षण, पोल, तार र ट्रान्सफर्मर नछुन अनुरोध

दार्चुला, बैशाख २१ – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा यही बैशाख २२ गते सोमबार विद्युत् लाइन परीक्षण गरिने भएको छ। राष्ट्रिय प्रसारण लाइनसँग जडान गर्ने कार्य अन्तर्गत परीक्षण हुन लागेको हो।

वडा अध्यक्ष शिवराज जोशीद्वारा जारी सूचनामा विद्युत् लाइन परीक्षणका क्रममा पोल, तार, स्टे र ट्रान्सफर्मरमा विद्युत् प्रवाह हुन सक्ने भएकाले सावधानी अपनाउन विशेष अनुरोध गरिएको छ।

कैनोडा, सल्ला, कुणी, भाटाइजर, कट्या, देउभा, कुमल्काडा र पिपलकोटका स्थानीय बासिन्दालाई परीक्षण अवधिभर उक्त संरचनाहरू नछुन र नजिक नजान आग्रह गरिएको छ।

साथै सरला लोडसेटर, हुमनाथ भगवती मन्दिर लोडसेटर र पिपलकोट लोडसेटर क्षेत्रमा लाइन चार्ज हुने जानकारी दिइएको छ।

वडा कार्यालयले विद्युत् लाइन परीक्षण जनसुरक्षासँग सम्बन्धित महत्वपूर्ण कार्य भएकाले सबैले पूर्ण सहयोग गरिदिन अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्