नेता डा. शेखर कोइरालाको भनाइ : “देशको जिम्मेवारी अब तरुणको काँधमा”

नवलपरासी – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशको भविष्य युवाको हातमा रहेको उल्लेख गर्दै राष्ट्र निर्माणमा तरुण वर्गको भूमिकालाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।

गैँडाकोट, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा आज आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा बोल्दै उनले युवा नै भावी नेतृत्व हो भन्ने विश्वास व्यक्त गरे। “राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका साथै आर्थिक विकासका लागि युवाहरूले अग्रसर भएर काम गर्नुपर्छ,” नेता कोइरालाको भनाइ थियो।

त्यस्तै, उनले हालै सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा कमजोर नहुनु पर्नेमा जोड दिए। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “नीति तथा कार्यक्रममा समेटिएका प्रायः बुँदा उपयोगी छन्, तर तिनलाई अक्षरसः लागू नगरी अपेक्षित परिणाम आउँदैन।”

फरक प्रसङ्गमा, डा. कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएको समयमै गर्नुपर्ने बताएका छन्। उनले महाधिवेशनले पार्टीलाई थप एकताबद्ध बनाउने विश्वास व्यक्त गर्दै कांग्रेस अझ सशक्त रूपमा अघि बढ्ने दाबी गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्