लकडाउन क्रमशः खुकुलो पार्न संसदीय समितिको सरकारलाई निर्देशन

/fHo Joj:yf tyf ;'zf;g ;ldlt a}7s sf7df8f}F @( j}zfv M ;ª3Lo ;+;b, /fHo Joj:yf tyf ;'zf;g ;ldltsf] ;f]daf/ l;+xb/af/df a;]sf] a}7s . a}7sdf sf]le8– !(sf] ;DaGwL ;ldltsf] ;'emfj sfof{Gjogsf] cj:yf / cfufdL of]hgfsf ;DaGwdf 5nkmn ePsf] lyof] . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं – संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो ।
समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्ड अनुसार बनाउनुपर्ने, आइसोलेसन बेडहरु प्रयाप्त मात्रामा निर्माण गर्नुपर्ने, किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउनु पर्ने र उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज बनाउन समेत निर्देशन दिएको छ ।

समितिले विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरुलाई संक्रमण नियन्त्रण सम्बन्धी विश्वव्यापी मापदण्ड अनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्