मेलम्ची नगरपालिका–९ मा राहत पाए वाफत श्रमदान, दैकि रु. ७५० दिइने

सुशील सुवेदी
सिन्धुपाल्चोक – निम्न बर्गका परिवारलाइ सरकारले दिएको राहत मेलम्ची नगरपालिका वडा नम्बर ९ ज्यामिरे बासिले सडकमा श्रमदान गरेका छन । वडाका निम्न बर्ग भित्र परेका ३० घरधुरिका बासिन्दाले आफुले दैनिक पाउने नगद रु ७५० बाट दैनिक हाजिरी गरेर सडकमा नाली कटान गर्ने सडक मर्मत गर्ने जस्ता काम गरेका हुन । निम्न बर्ग भित्र अपाङ्गहरु र कामै गर्न नसक्नेहरु पनि छन उनिहरुले भने काम गर्नु नपर्ने सिधै नगद पाउने भएकाले काम गर्न सक्नेले मात्रै सडकमा श्रमदान गरेका हुन ।

बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले गर्दा देश पुर्ण रुपमा लकडाउन भए सङै बिपन्न परिवार लाइ राहत दिने निर्णय भएको हो । त्यस्तै वडाले अन्य बाहिरी सहयोग मार्फत बिहान बेलुका छाक टार्न मुस्किल अति बिपन्न परिवारलाइ छनोट गरि एक घर परिवार बराबर एक बोरा चामल, दुइ पाकेट नुन, दुइ वटा सबुन, तिन प्याकेट मस्यौरा र मिट मसला दिन सुरुवात गरिएको वडा अध्यक्ष कमल बहादुर खड्काले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्