गृह मन्त्रालयका ७ सहसचिवको सरुवा

काठमाडौं – गृह मन्त्रालयले ७ सहसचिवको सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो ।

गृह मन्त्रालयले आज सार्वजनिक गरेको सरुवा सूची अनुसार धर्मराज जोशी बाँकेमा सीडीओ भएर गएका छन् । त्यस्तै संखुवासभामा दिव्यराज पोखरेल,खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरे सीडीओकोरुपमा पुगेका छन् । त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारी गृह मन्त्रालयमा तानिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्