काठमाडौँ – विश्वभर कोरोना संक्रमितको साढे ४१ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ४१ लाख ७ सय ८८ जना संक्रमित भएका छन् । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो । अमेरिकामा झण्डै साढे १३ लाख संक्रमित भेटिएका छन् भने युरोपका स्पेन, इटाली, बेलायत, फ्रान्स र जर्मनी कोरोना भाइसरबाट धेरै प्रभावित मुलुक हुन् ।
यो भाइरसको कारण अहिलेसम्म विश्वभर २ लाख ८० हजार ४ सय ३२ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा मात्रै ६८ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वभरी १४ लाख ४१ हजार भन्दा बढी संक्रमित उपचार पछि निको भएका छन् ।