निरज बाडे
भक्तपुर – एनआरएनए अस्ट्रियाका बरिष्ठ उपाध्यक्ष विकास कार्कीको आर्थिक सहयोगमा १ सय ५० जनाभन्दा बढी विपन्न वर्गका व्यक्तिहरुलाई खाना खुवाएको छ ।
शुक्रवार कार्कीको आर्थिक सहयाेगमा राष्ट्रिय कराँते खेलाडी मन्डे काजी श्रेष्ठ र थिमि युवा समुहले मानव सेवा आश्रम तथा मानव कल्याण सेवामा खाना खाना खुवाएको हाे ।
विश्वव्यापी विपत्तिको यस घडीमा स्वदेश तथा विदेशमा रहेका समाजसेवीको आर्थिक सहयोगमा भोजनको व्यवस्था गरेको थिमी युवा समुहका संयोजक रामहरी श्रेष्ठको भनाइ छ । सो अभियानमा चर्चित कलाकार सरीता लामिछाने र गोपाल ढकाल (छन्दे) को पनि साथ रहेको छ ।
लकडाउनको समयावधि लम्बिदै गएपछि अलपत्र परेका विपन्न समुदायलाई विभिन्न संघसंस्था तथा समाजसेवीको सहयोगबाट खाना खुवाइरहेको राष्ट्रिय कराते खेलाडी एवं थिमि युवा समुहका संयोजक मन्डे काजी श्रेष्ठले बताए । उक्त समुहले आगामी दिनहरुमा समेत मानव सेवाका विभिन्न कामहरु गर्ने जनाएको छ ।