काठमाडौँ – मातृभूमि जागरण अभियानका संयोजक डा. भिम रावल दार्चुला जाने भएका छन् । सोमबार र मंगलबार दार्चुलाका विभिन्न स्थानमा मातृभुमि जागरण अभियान सञ्लचान गर्न रावल दार्चुला जाने भएका हुन् । एमालेबाट निष्कािसित भएपछि रावले मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माण गर्ने उद्धेश्यले सुदूरपश्चिमका सबै जिल्लामा भेटघाट कार्यक्रमलाई तिव्र बनाएका छन् ।
२ दिने दार्चुला बसाइको क्रममा रावलले जिल्लाका विभिन्न ठाउँमा भेटघाट गर्दै स्थानीय युवाहरुसँग छलफल गर्ने बताइएको छ ।