कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । थारु संग्रालय व्यवस्थापन समिति भल्का बेल्डाँडीको आयोजना तथा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को सहयोगमा माघी मिलन कार्यक्रम सोमबार बेल्डाँडीको भल्कामा भएको छ ।
शुक्लाफाँटा नगरपालिका वडा नम्वर ३ वडा अध्यक्ष नरेन्द्र प्रसाद चाैधरीको प्रमुख अतिथ्यतामा थारु संवत नयाँ बर्ष २६४८ तथा माघी मिलन कार्यक्रम २०८१ को आयोजना गरिएको आयोजकले जनाएको छ ।
स्थानिय गाउँको नाच तथा मौलिक पहिरनलाई प्राथमिकता दिई संस्कृतिको रक्षा र विकासको लागि माघी मिलन कार्यक्रमको आयोजना गरिएको वडा नम्बर ८ का सचिव गोकर्ण प्रसाद जोशीले बताउनुभयो ।
गाउँमा रहेका विशेष गरी थारु नाच र अन्य नाचलाई प्रोत्साहन गर्न माघी मिलन कार्यक्रमको आयोजना गरेर स्थान दिएको भन्दै सहयोगी संस्थाहरुप्रति थारु संग्रालय व्यवस्थापन समितिले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमलाइ सम्पन्न गर्ने बैजनाथ सामुदायिक वन उपभोक्ता समुह र भगवती सामुदायिक वन उपभोक्ता समुहले समेत सहयोग गरेको थियो ।
पहिरनसँगै माघी मिलन कार्यक्रमहरुमा थारू समुदायको परम्परागत मौलिक परिकारका रुपमा रहेका अन्तिको चामलको पीठोबाट बनाइएको ढिक्री, गुलियार जाँड, महुवाँको फुलबाट तयार गरिएको मदिरा, मुसाको चटनी, घोँघी, सुगुँरको परिकार समेत बनाइएको थियो ।