स्पेनले २०२४ मा ९ करोड ४० लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्यायो

स्पेनले २०२४ मा ९ करोड ४० लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । जुन २०२३ मा ८ करोड ५० लाखको अघिल्लो उच्चतम १० प्रतिशतले पार गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै स्पेनका उद्योग तथा पर्यटनमन्त्री जोर्डी हेरुले पर्यटक खर्च १६ प्रतिशतले बढेर १२६ अर्ब युरो (१२९.७८ अर्ब अमेरिकी डलर) पुगेको बताउनु भयो । जसले यस क्षेत्रको बढ्दो आर्थिक प्रभावलाई प्रतिविम्वित गर्दछ । मन्त्रीले अफ–सिजन पर्यटनमा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्नुभयो ।

पर्यटन स्पेनको अर्थतन्त्रको आधारशिला बनेको छ । २०२४ को अन्त्यमा २६ लाख मानिसहरूलाई रोजगारी दिएको छ । जुन देशको सबै रोजगारीको १२.७ प्रतिशत बराबर हो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्