कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.-०८ बाट भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । डडेल्धुराको परशुराम नगरपालिका ११ लिउँडे घर भएका खडक बहादुर खड्कालाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सोमबार बाघ गणना कार्यक्रम अन्तर्गत स्वचालित क्यामेरा राखी अनुगमन गर्न जाने क्रममा डिभिजन बन कार्यालय कञ्चनपुर अन्तर्गत रहेको सव डिभिजन वन कार्यालय शुक्लाफाँटाको इलाकामा पर्ने सुनदेवी महिला सामुदायिक वनकाे गिठे भन्ने ठाउँमा उनलाइ नियन्त्रणमा लिएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका गेमस्काउटर इनद्र बम र शुक्लाफाँटा सब डिभिजनका वन रक्षक खेम साउदको रहोबरमा इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्मालाइ उक्त बन्दुक बुझाइएको छ ।