माधव जी र म एकजुट हुने भइयो,घोषणा गर्न धेरै समय लाग्दैन: नेता गौतम

काठमाडौँ – नेपाल कम्युनि‍यष्ट पार्टी विभाजनपछि कम्युनिष्ट एकता अभियानमा चलाउँदै आउनु भएका नेता बामदेव गौतम र माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी दलसँग एकताको प्रयास धेरै नजिक पुगेको बताइएको छ ।

बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालय दुई शीर्ष नेताहरु बीच भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गौतमले नै नेता नेपालसँगको छलफल सहमतिको नजिक पुगेको एकै ठाँउमा उभिने अवस्था बनेको प्रतिक्रिया दिनु भएको छ ।

भीम रावल र तपाई अब माधव नेपाले नेतृत्व गरेको एकीकृत समाजबादीमा आउने हो ? भन्ने प्रश्नको जिज्ञाशामा नेता गौतमले भन्नु भयो ‘भिम रावलबारे मलाई थाहा छैन । माधव जी र म एकजुट हुने भइयो नि त । माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन ।’

छलफलमा आफ्ना तर्फबाट धेरै विषय सहमति भएको भन्दै गौतमले एकताको घोषणा निर्णय भएपछि हुने र अब उक्त समय धेरै कुर्न नपर्ने बताउनु भयो । आज भएको बैठकमा केही राजनीतिक विषयबाहेक अन्य विषयमा मोटामोटी सहमति बनेको र छलफल सकारात्मक रहेको नेताहरुले जानकारी दिएका छन् । यसअघि पनि गत सोमवार नेता गौतम र नेता नेपाल बीच पार्टी एकताको सम्बन्धमा छलफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्