काठमाडौं – सातौँ नेक्सस् कप फुटवल प्रतियोगिताको फाइनलमा आयोजक विद्यालय नेक्सस् इन्टरनेशन एकेडेमी र ब्रह्मकुञ्ज स्कुलबीच हुने भएको छ । आज भएको सेमिफाइनल खेलमा लाइसिएम स्कुलाइ पराजित गर्दै नेक्सस् एकेडेमी फाइनलका लागि छनोट भएको हो । नेक्ससले २ गोल बनाउदा समेत लाइसियमले कुनै गोल गर्न सकेन । नेक्ससका सोयम थापा मगर म्यान अफ द म्याच भए ।
यस्तै आजै भएको सेमिफाइनलको दोस्रो खेलमा ब्रह्मकुञ्ज स्कुल फाइनका लागि छनोट भएको छ । एकलब्य शिक्षा सदनलाइ ४–० गोल अन्तरले पराजित गर्दै ब्रह्मकुञ्ज स्कुल फाइनलमा पुगेको हो । ब्रह्मकुञ्ज स्कुलका सम्राट खड्का म्यान अफ द म्याच घोषित भए ।
फाइनल खेल मंसिर ३० गते आइतबार हुनेछ । विहान ११ बजे खेल हुने खेल संयोजक विवेक कटवालले जानकारी दिनुभयो । उहाँका अनुसार सोहि दिन पुरस्कार वितरण तथा समापन समारोहको समेत आयोजना हुनेछ ।
सम्बन्धित समाचार
सातौँ नेक्सस् कपमा नेक्सस्, लाइसियम, एकलब्य र ब्रह्मकुञ्ज सेमिफाइनलका लागि छनोट
सातौँ नेक्सस् कप फुटवल प्रतियोगिता: नेक्सस् र लाइसियम सेमिफाइनलमा प्रवेश, भोलि दुइ खेल हुदैँ
सातौँ नेक्सस् कप फुटवल प्रतियोगिता अन्तर्गत भोलिदेखि क्वाटरफाइनलका खेलहरु हुने
सातौँ नेक्सस् कपमा आज एकलब्य स्कुल र पीसप्वाइन्ट स्कुल विजयी
सातौँ नेक्सस् कप: आजको खेलमा बेष्ट ग्रुप, लाईसियम र मोनाष्टिक स्कुल विजयी
नेक्सस् कप: उद्घाटन खेलमा गेटवेलाई ३-१ ले पराजित गर्दै नेक्सस् विजयी