बाजुरामा जीप दुर्घटना हुदा लेकम गाउँपालिकाका दुई जनाको मृत्यु

बाजुरा -बाजुरामा स्कारपीयो जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बाजुरा सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन् । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो । भट्ट लेकम – २ ऐरपालीकी हुन् भने पन्त लेकम २ गाणाँगाउँ माईती घर तथा मानबिसाकि हुन् । मृतक दुईटै हाल कञ्चनपुर बस्दै आएका छन् ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । जीप गुलरीयाका मोहनदेव भट्ट हो । उहाँ बुकिङमा गएको बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्