काठमाडौं – सातौँ नेक्सस् कपको दोस्रो दिनको पहिलो खेलमा बेष्ट ग्रुप स्कुल विजयी भएको छ । कस्तुप एकेडेमीसँग गोलरहित भएपछि पेनाल्टी सुटआउटबाट बेष्ट ग्रुप ५-४ गोल अन्तरले विजयी भएको हो । बेष्ट ग्रुपका सेयोन राई प्लेयर अफ द म्याच समेत घोषित भए ।
यसैगरी दोस्रो खेल मोनाष्टिक स्कुल र नेपाल तारा बिच भएको छ । जसमा मोनाष्टिक स्कुल ५-२ गोल अन्तरले विजयी भएको छ ।
मोनाष्टिकका ओष्मान तामाङ प्लेयर अफ द म्याच घोषित भएका छन् ।
सैगरी तेस्रो खेल लाईसियम प्याराडाईज एकेडेमी र नालान्दा बिद्या मन्दिर बिच भएको छ। जसमा लाईसियम २-० गोल अन्तरले विजयी भएको छ ।
लाईसियमका सन्जिल थापा प्लेयर अफ द म्याच घोषित भए ।
भोलि दुईवटा खेल हुनेछन् । जसमा एकलब्य र विनायक शिक्षा निकेतन बिच पहिलो खेल हुनेछ भने पीस प्वाइन्ट र भक्तपुर नीष्ट बीच दोस्रो खेल हुने खेल संयोजक विवेक कटवालले जानकारी दिनुभयो ।