रामेछाप दुर्घटना अपडेट : सुमो दुर्घटनामा मृत्यु हुने वडा अध्यक्ष सहित सबैको पहिचान खुल्यो

रामेछाप –  रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको सिमल डाँडा भिरमा आज दिउँसो यात्रुवाहक सुमो दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ ।

काठमाण्डौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी( सुमो )  खिम्ति – बेताली सडक खण्डमा दुर्घटना हुँदा ५ जनाको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मृत्यु हु नेहरुमा गोकुलगंगा गाउँ पालिका वडा नं ४ बेतालीका वडा अध्यक्ष ४५ वर्षका रामचन्द्र बस्नेत, मन्थली नगरपालिका वडा नं १० चिसापानीकमा गाडिका  चालक ३५ वर्षका हिराबहादुर कार्की, गोकुलगंगा गाउँ पालिका वडा नं  ५ को ३० वर्षकी  कविता कार्की खड्का र उनकी ७ वर्षकी छोरी  स्वस्तिका खड्का रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृतक मध्ये यस अगाडि पहिचान हुन नसकेको १ जना महिला गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीका सबिना बि।क भएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का(दिनेश ) ले जानकारी दिनुभयो ।  यसै गरी यस अगाडि पहिचान हुन नसकेका घाइते बालक पनि सबिनाका छोरा रबिन बि।क। भएको अध्यक्ष खड्काले बताउनु भयो । यस अगाडि पहिचान खुल्न नसकेका मृतक महिला र घाइते बालक दुवैको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइतेहुनेहरुमा कास्की जिल्लाका केशव शर्मा, गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीका रबिन बि।क  बेतालीकै  २७ वर्षकी सरस्वती कार्की रहेका छन् । उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाण्डौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । खिम्ति बेताली सडक खण्डको सिमल डाँडा भिरबाट गाडी अनियन्त्रित भई करिब ३ सय मिटर तल भिरबाट खसेको हो ।

नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्