काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ८ पपरथला स्थायी थातथलो भएका अधिवक्ता धर्मानन्द जोशीको बिशेष पहलमा लेकम गाउँपालिका वडा नं. ६ मा अवस्थित तीन वटा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र न्यानो कपडा तथा सोही वडाका सम्पूर्ण दलितहरुलाई न्यानो कपडा वितरण हुने भएको छ।
काठमाडौँ स्थित गैरसरकारी संस्थाहरु साइनिङ नेपाल फाउन्डेशन र शान्ति सेवा गृहको संयुक्त सहकार्यमा अधिवक्ता जोशीको पहलमा लेकम गाउँपालिका वडा नं. ६ मा अवस्थित तीन वटा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र न्यानो कपडा तथा सोही वडाका सम्पूर्ण दलितहरुलाई न्यानो कपडा वितरण हुने भएको हो ।
सो कार्यक्रमको व्यवस्थापन शैल्यशिखर नगरपालिका वडा नं. ८ तल्लाचोरा बस्ने धर्मानन्द जोशीले गरिरहेका छन् । उनका अनुसार शैक्षिक सामाग्री र न्यानो कपडाबाट श्री मालिकार्जुन मावि तेलिगाउँमा अध्यनरत १९१ जना विद्यार्थी लाभान्वित हुनेछन्, यस्तै बालिचन आधारभुत विद्यालय (०–८) तिउनेगाउँका १ सय १ जना विद्यार्थी र खोदाइनाथ आधारभुत विद्यालय गडेतका ५० जना विद्यार्थीहरु पनि लाभान्वीत हुनेछन्। यस्तै लेकम गाउँपालिका वडा नं. ६ का सम्पूर्ण दलितहरुका साथै शैल्यशिखर नगरपालिका वडा नं. ८ का दलितहरुलाई समेत न्यानो कपडा वितरण हुने छ ।
मंसीर १८ गते एक कार्यक्रमका माझ स्थानिय अगुवाहरु र बिद्यालयका प्रधानाध्यापकहरु लगायतको उपस्थितिमा साइनिङ नेपाल फाउन्डेशन र शान्ति सेवा गृहका प्रतिनिधिहरुले सो सामाग्रीहरु श्री मालिकार्जुन मावि तेलिगाउँमा बितरण गर्ने कार्यक्रम रहेको कार्यक्रमका व्यवस्थापक जाेशीले बताए । साइनिङ नेपाल फाउन्डेशनले आफ्नो स्थापनाकाल देखि नै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । नेपालको पूर्वी क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएको फाउन्डेशनले अधिवक्ता धर्मानन्द जोशीको बिशेष अनुरोधमा दार्चुलामा पहिलोपटक आफ्नो परोपकारी कार्य गर्ने निर्णय गरेको हो।
जोशी त्यस क्षेत्रका समाजसेवी र बिकासप्रेमी ब्यक्तित्त्व हुन् । उनले विगत देखि आफ्नो जन्मभुमीको लागि खानेपानी, सिंचाई, शिक्षा लगायतका क्षेत्रहरुमा बिकास निर्माणको पहल गर्दै आएका छन् । त्यस्तै विभिन्न क्षेत्रमा समाजसेवा पनि गर्दै आएका छन्। जोशीले दुई बर्ष अघि श्री हुनैनाथ मावि रातामाटा र श्री गलैनाथ मावि झरकडामा ११/११ लाखको ‘मातृभुमी छात्रवृत्ति अक्षयकोष’को स्थापना पनि गरेका छन् । यस्तै भर्खरै निर्माण सम्पन्न भएको झरकडास्थित श्री गलैनाथ मन्दिर निर्माणको लागि समेत जोशी परिवारको तर्फबाट ठूलो राशी सहयोग गरेका छन्। अधिवक्ता जोशी संयुक्त राष्ट्रसंघमा कार्यरत हुनुहुन्छ।
यो पनि