काठमाडौ – आज मालिकार्जुन देवताकाका आधादर्जन बढी स्थानमा जात्रा लाग्ने भएको छ । मालिकार्जुन मन्दिर मड, उचाकोट, मैखोली, गराडी लगायत मालिकार्जुन देवताका रानीहरुको वासस्थान भएका आधादर्जन बढी स्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन जात्रा लाग्ने गर्दछ । मालिकार्जुन मन्दिर मडमा भव्य आज जात्रा लाग्ने भएको छ । जिल्लाकै ठूलो जात्राको रुपमा चिनिने यस जात्रामा जिल्ला र जिल्ला बाहिरका मान्छेहरु जात्रा भर्न पुग्छन् । बुढापाकाहरु भने मालिकार्जुनको दर्शन गर्न साथै पूजापाठका लागि मन्दिर सम्म पुग्ने गर्दछन् । जात्राकै अवसरमा शैल्यशिखर नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ ।
दशै र द्धितिया तिथीबाट दार्चुला जिल्लाको लेकम क्षेत्रमा शुरु भएको जात्रा पूर्णिमाको दिन सकिन्छन् । लेकम गाउँपालिकाको कुणी, झरकडा लगायत स्थानमा पुर्णिमाको दिन अन्तीम जात्रा लाग्ने गर्दछ ।
यो पनि
मालिकार्जुनको उत्पत्ति कसरी र कहाँ भयो ? पौराणिक इतिहास सहित (सबैले सेयर गराैँ )
आइतबार शिखर जात्रा सम्पन्न भएको छ । हिन्दू धर्माबलम्बिहरुको आस्थाको धरोहर मानिने शैल्य शिखर धामको दर्शन गर्न विवाहीत महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडी देखिनै शुद्ध भएर जाने प्रचलन रहिआएको छ । शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनबिस्वास छ ।
शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानीलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ । शिखर धाममा पुजन जात्रामा सहभागि हुनकोलागी दार्चुलाको बिभिन्न क्षेत्र, सुदूरपहाडका बिभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट समेत भक्तजन दर्शनार्थीहरु आउने गर्दछन् ।