बाग्लुङमा जीप दुर्घटना हुँदा एउटै गाउँका पाँच जनाको ज्यान गयो, एक जना घाइते

काठमाडौँ – बाग्लुङको जैमिनी नगरपालिकामा पीकअप जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट बाग्लुङबजारतर्फ गुडिरहेको ग २ च ९२४७ नम्बरको जीप छिस्ती र जैदीको सिमाना ढुङ्गाखानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभएको छ ।

दुर्घटनामा जैमिनी नगरपालिका वडा नम्बर ८ केवई गाउँका जीप चालक महेन्द्र पुन, त्यसैगरी रश्मी श्रीष, नन्दकली पुन, निरज श्रीष र कुलबहादुर श्रीषको ज्यान गएको छ । घाइते गंगाबहादुर पुनको उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्