ट्रम्पलाई बधाई दिँदै मोदीले भने- सहकार्यका लागि तत्पर छु

काठमाडौँ – अमेरिकाको राष्ट्रपति हुने पक्कापक्की भएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिएका छन्।

बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत मोदीले ट्रम्पलाई बधाई भनेका हुन्।उनले ट्रम्पलाई आफ्नो साथी भनेर सम्बोधन समेत गरेका छन्। ट्रम्पको अघिल्लो कार्यकाल सफल भएको बताउँदै मोदीले यसपटकको कार्यकालमा पनि अमेरिका-भारत सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे। ‘म भारत-अमेरिका व्यापक विश्वव्यापी र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न हाम्रो सहकार्यलाई नवीकरण गर्न तत्पर छु। सँगै, हाम्रा जनताको भलाइका लागि र विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिको प्रवर्द्धन गर्न काम गरौं,’ उनले एक्समा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्।

यद्यपि मोदीले बधाइ दिँदासम्म ट्रम्प राष्ट्रपति निर्वाचित भएको घोषणा भइसकेको छैन। उनी जितको नजिक भने छन्। राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल कलेज जित्नुपर्नेमा ट्रम्पले २६७ इलेक्टोरल कलेज जितिसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्