भक्तपुर, १९ पुस । भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ गोम्वो डाँंडा नैचाल भक्तपुरमा बुद्ध मूर्ति स्थापना गर्ने भएको छ । आउने शनिबार पुस २१ गते त्यसका लागि उनीहरुले भव्य तयारी गरेका छन् । भव्य कार्यक्रमबीच भक्तपुरको इनाचो मुनि विहारबाट बुद्धमूर्ति गाडीमा राखेर गाउँंमा लग्ने र बाजागाजा रयालीका साथ स्थापना गर्ने योजना उनीहरुले तय गरेका छन् । सो ठाउँंमा भविष्यमा विहार बनाउने योजना उनीहरुको छ ।
बुद्ध विहार इनाचो भक्तपुरको व्यवस्थापन समितिका सचिव शिवप्रसाद बालाले स्थानीयको अनुरोध अनुसार मित्रराष्ट थाइल्याण्डको सहयोगमा एउटा बुद्धमूर्ति तयारी अवस्थामा रहेको बताए । उनका अनुसार त्यही बुद्धमूर्तिलाई शनिबार विहान मुनिविहारमा हस्तान्तरण कार्यक्रम हुनेछ । त्यसपछि त्यसलाई गाडीमा राखेर नैचाल लगिने छ । त्यसका लागि दुई तीनवटा बसमा भिक्षुहरु पनि नैचाल पुग्ने छन् । गाउँंमा पुगेपछि आधा घण्टाजतिको बाटोमा रयाली गरी बुद्धमूर्ति स्थापना गरिने छ । करिव चार फिट अग्लो बुद्धको धातुको मूर्ति तयार गरी विहारमा अहिले सुरक्षितस्थान अवस्थामा छ ।
स्थानीय बीरबहादुर तामाङले यही कारण गाउँंमा एउटा बुद्धमूर्ति स्थापना गरेपछि विहार निर्माण गर्ने योजना रहेको सुनाए । यसका लागि आफूहरुले नजिकैको पर्ति जग्गा मिलाएको उनले सुनाए । भक्तपुरमा पाइलैपिच्छ मठमन्दिरहरु छन्, उनले भने, यही कारणले पनि प्रत्यक्षअप्रत्यक्ष रुपमा त्यहाँंका मानिस तुलनात्मक रुपमा अलिकति सभ्य भएको हाम्रो बुझाई छ ।
गाउँंमै मठमन्दिर वा कुनै धार्मिक स्थल भएपछि यही कारणले पनि नैतिक बनाउने मान्यताले काम गर्ने गम्वोडाँंडा सुधार समितिका पदाधिकारीहरुको विश्वास छ । यही मान्यताबाट अगाडि वढेर आफूहरुको ठाउँं र स्थानीयबासी पनि सभ्य, सुसस्कृत, नैतिकवान होस् भन्ने हेतुले बुद्धमूर्ति स्थापना गरी विहार बनाउने योजना रहेको उनीहरुले सुनाए ।
नैचाल अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीबाट झण्डै १२ किलोमिटर दक्षिण पहाडको ठाउँंमा छ । जगाती भएर प्रख्यात डोलेश्वर मन्दिर हुँदै जंगलैजंगलको बाटोबाट ठाडो उकालो पुगेपछि यो ठाउँंमा पुगिन्छ । गाउँंको बाटो, ठाडो उकालोको बाटो भएकाले मोटरसाइकलमै पुग्न पनि झण्डै जगातीबाट एक घण्टा लाग्छ ।