राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन

काठमाडौं, १५ मङ्सिर । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ ।

 

बिहीबार काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल पुर्‍याइएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरेको एन्फाले जानकारी दिएको छ ।

 

थापाले सन् १९७१ मा जापानमा भएको यू–१९ एसियन च्याम्पियनसिपमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए । उनले न्यूरोड टिम (एनआरटी) र महावीर क्लबबाट घरेलु फुटबल खेलेका थिए । फुटबल करियरपछि थापाले १९९६ मा राष्ट्रिय फुटबल टिमको प्रशिक्षक र त्यसपछि एन्फा सहायक–महासचिवको रूपमा पनि काम गरेका थिए ।

 

एन्फाका अनुसार अन्तिम श्रद्धान्जलका लागि थापाको पार्थिव शरीर शुक्रबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा राखिने र उनको आजै बेलुका पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्