पहिलो पटक भारतसँग मध्यकालीन विद्युत् सम्झौता, आम्दानी कति?

काठमाडाैं – मनसुनको आगमनसँगै विद्युत्‌ उत्पादन बढेपछि नेपालले भारतमा विद्युत् निर्यात सुरु गरेको छ। हाल दैनिक आवश्यकता अनुसार चौबीस घण्टाको अवधिमा ३०० देखि ३५० मेगावाट हाराहारीमा बिजुली भारत पठाउने गरिएको अधिकारीहरूले बताएका छन्।

नेपालका धेरैजसो जलविद्युत्‌ आयोजना नदीको जलप्रवाहमा आधारित रहेकाले वर्षा सुरु भएसँगै बिजुली निर्यात हुन थालेको हो। माग, समय र अनुकूलताअनुसार विद्युत् निर्यात गर्ने र त्यसलाई नेपालको उत्पादन क्षमताले निर्धारण गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।

नेपालले भारतलाई ४५२ मेगावाटसम्म विद्युत् निर्यात गर्न पाउने व्यवस्था छ। त्यसका लागि देशभरका १० वटा जलविद्युत आयोजनालाई अनुमति दिइएको छ।
“अहिले हाम्रो देशभरिको उत्पादन कति छ भन्ने कुरा महत्त्वपूर्ण हो। हाल बाढी/पहिरोका कारण कतिपय विद्युत् उत्पादन गृह प्रभावित छन्। केही बिग्रिएका छन्, केहीले उत्पादन बढाएका/घटाएका छन्। त्यसैले हरेक विद्युत् उत्पादन गृहको क्षमता तथा तथ्याङ्क विश्लेषण गरेर आयात वा निर्यात गर्छौँ,” उनले बीबीसीसँग भने।

आम्दानी कति?
प्रवक्ता भट्टराई भारतले नेपालसँग बिजुली खरिद गर्दा प्रतियुनिट ७ देखि ७.५ भारतीय रुपैयाँसम्म तिरिरहेको दाबी गर्छन्। “हामीले प्रति युनिट ११ नेपाली रुपैयाँसम्म लिन्छौँ। विद्युत् कुन समयमा पठाएका छौँ भन्ने कुराले शुल्क निर्धारण गर्छ,’’ उनले भने।

गत वर्ष मनसुनमा नेपालले भारतमा विद्युत् निर्यात गरेर २८ दिनमा १ अर्ब ७२ करोड २९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो।

सो अवधिमा १७८.१९१ मिलियन युनिट बिजुली निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्क छ। बिजुलीको उक्त मात्रा औसतमा ९.६७ रुपैयाँ प्रति युनिटमा विक्री गरिएको अधिकारीहरूले बीबीसीलाई बताएका थिए। यसपालि प्रवक्ताले दाबी गरेको रकम तुलनात्मकरूपमा बढी छ।

यद्यपि नेपालमा उत्पादन बढे पनि भारतबाट बिजुली आयात गर्ने क्रम रोकिएको छैन। बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्