प्रचण्डले दिल्लीमा के भने?

काठमाडाैं- प्रचण्डले शनिवार नयाँ दिल्लीमा बोल्दै द्विपक्षीय मामिलामा ’इतिहासले छाडेका केही मुद्दा असल मनसायले सुल्झाउनुपर्ने’ बताएका थिए। भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध एक संस्थाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दा ’१९५० को सन्धि, सीमाका मुद्दा र इपीजी प्रतिवेदन’का विषय ’असल छिमेकीको भावले’ सुल्झाउनुपर्ने भनाइ उनले राखेका थिए।

उनले नेपालले थप हवाई प्रवेश विन्दुको आशा गरिरहेको र ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्य बढाउन चाहेको बताएका थिए।मैत्रीपूर्ण छिमेकीका रूपमा दुवै देशले “एकअर्काको चासो र संवेदनशीलता“लाई ख्याल गर्ने गरेको कुरा प्रचण्डले आफ्नो सम्बोधनमा समेटेका थिए।

“नेपालले आफ्नो भूमि छिमेकीहरूको स्वार्थविरुद्ध प्रयोग हुन दिएको छैन र भारतसँग पनि त्यस्तै अपेक्षा गर्छ,“ शनिवार प्रचण्डले आफ्नो सम्बोधनमा भनेका थिए। गठबन्धनका साझेदारका रूपमा प्रचण्डले, देउवा र मोदी एक–अर्काको देशमा गरेका पछिल्ला भ्रमणले आपसी सम्बन्धमा ’एउटा गति’ सिर्जना गरेको बताए।

भ्रमणका सङ्केतहरू

भारत मामिलाका जानकार पत्रकार युवराज घिमिरेले ’पार्टीको आवरणमा’ भारत सरकारसँगको योजनाबद्ध तयारीमा भ्रमण तय भएको देखिने बताउँछन्। घिमिरेका दृष्टिकोणमा यसअघि प्रधानमन्त्रीका रूपमा भारत जाँदा सत्तारूढ दलका नेताहरूलाई मात्र भेट्ने ’शेरबहादुर देउवाले सुरु गरेको एउटा साँघुरो कूटनीति र शिष्टाचारको अन्त्य गर्ने परम्परा’लाई प्रचण्डले निरन्तरता दिएका छन्।

“त्यसमाथि चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताको भ्रमण लगत्तै प्रचण्डलाई भारत बोलाएर हामीले बोलाएका बखत नेताहरू दिल्लीे आउँछन् भन्ने मनोवैज्ञानिक सन्देश चीनलाई समेत दिन खोजिएको छ,“ पत्रकार घिमिरे ठान्छन्। “मुख्य कुरा त नेपालमा कम्युनिस्ट शक्तिहरूलाई एक ठाउँमा ल्याएर बलियो पार्ने चीनको चाहना पूरा नहोस् र क्षणिक रूपमै भए पनि आउँदो चुनावसम्म कांग्रेस–माओवादी चुनावसम्म गठबन्धनमा रहून् भन्ने दिल्लीको चाहना रहेको जस्तो देखिन्छ।“ बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्