काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र बनाउने काम भइरहेकोले सुझाव दिन पार्टीका नेता तथा कार्यकर्ताहरू र सर्वसाधारणका लागि आग्रह गरेको छ ।
महामन्त्री गगन थापा नेतृत्वमा कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित घोषणा पत्र बनाइरहेको छ । स्थानीय तहको घोषणा पत्रमा समेटिनुपर्ने विषयबारे कांग्रेसले सर्वसाधारणबाट पनि सुझाव माग गरेको छ । टोल फ्रि नम्बर १६६००११५८८८ मार्फत् सुझाव दिन सकिनेछ । साथै ९८५१३४२५५५ नम्बरमा भाइबर गरेर सुझाव दिन पनि सकिने कांग्रेसले जनाएको छ ।
०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि कांग्रेसले केन्द्रबाट घोषणा पत्र र सबै स्थानीय तह वा वडाबाट प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणा पत्रबारे छलफल गर्न कांग्रेसले बुधबार दिउँसो बस्ने गरी पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि राखेको छ । घोषणा पत्र निर्माण समितिका सदस्यसमेत रहेका पार्टीका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गरिने बताए । सबैको सुझाव लिएर घोषणा पत्र बनाइने उनको भनाइ छ ।