आजको मौसम : यी प्रदेशहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा

सांकेतिक तस्बिर

हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रहेको छ भने प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।
शुक्रबार देशभर सामान्यतया बदली भइ केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ

। शनिबार पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।-रातोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्