नरेश जोशी, बैतडी
स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे । गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक संघसंस्था, महिलाका संगठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे । यसपालिको तीज पर्व खल्लो र निरस छ । एक दिनअघिसम्म तीजको रमझम छैन । महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ ।
कोरोना संक्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ । कतिपय स्थानीय तहले त दिदीबहिनीलाई माइत नजान आग्रह नै गरेका छन् । तीजको छेकोमा गरिने मेला, प्रतियोगिता स्थगन गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौें बजारमा आयोजना हुने ऐतिहासिक तीज मेला यसपालि नहुने आयोजकले जनाएको छ । ‘तीज गीत प्रतियोगितालगायतका कुनै पनि औपचारिक कार्यक्रम यो वर्ष नगर्ने निर्णय ग¥या बतडि महिला सञ्जालका अध्यक्ष देवु ठगुन्ना ले भन्नुभयो । ‘दूरी कायम गरेर महिला, दिदीबहिनीहरु भेट हुने, सामान्य नाचगान गर्नेसम्म हुनसक्छ ।’ द। न। पा ९ ग्वाल्लेक मा रहेको पार्शमा शिवालय मन्दिरमा पनि भीडभाड नहुने गरी पूजापाठको व्यवस्था मिलाइने भएको छ । दशरथचन्द नगरपालिका वडा नं २ मो जिल्लाका भेगकै ठूलो तीज मेला पनि यो वर्ष स्थगन भयो ।
सरकारले नै मेला, महोत्सव आयोजनामा रोक लगाएकाले तीज मेला गर्न नसकिएको महिला सञ्जालमा आबद्ध महिला अधिकारकर्मि सरस्वति नेपाली बताउनुभयो । गाउँठाउँमा आयोजना हुने मेला, उत्सवका मौकामा हुने व्यापार पनि यो वर्ष गुम्यो । तीजका बेला बजारमा हुने किनमेल पनि ह्वात्तै घट्यो । तीजका मेला, समारोह नै नभएपछि महिलालाई पनि पोशाक र सौन्दर्यका सामग्री किन्नुपर्ने बाध्यता आइपरेन । तीजको सम्मुखमा अलिअलि भइरहेको कारोबार पनि अकस्मातको बजार बन्दले मारमा परेको व्यवसायी बताउँछन् । बजार, यातायात बन्दले कतिपयको माइत जाने योजना पनि बीचमै तुहिएको छ । सौन्दर्य व्यवसायी सरिता भट्टले कोरोनाले गर्दा माइत जान नपाएको प्रतिक्रिया दिइन् । ‘गएपनि उतै रोकिनुपर्छ कि भन्ने डर छ, अब त गाडी, बजार सबै बन्द हुने भएपछि जाने कुरै भएन’, उनले भनिन्, ‘यो वर्ष कोठामै बसेर तीज जाने भयो ।’ कोरोना संक्रमणको जोखिम बढेपछि बिहिबारदेखि देखि भाद्र १४ गते सम्म सिल गरिएका छन ।
अत्यावश्यक काममा बाहेक हिँडडुल गर्नसमेत रोक लगाइएको छ । चाडबाडमा हुने भीडभाड र आवातजावतले कोरोना संक्रमणको जोखिम थप बढ्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको जनाइएको छ । यसअघि बैतडीमा तिन सय २३ जनामा कोरोना देखिएपछि सदरमुकाम लगायत का क्षेत्र सिल गरिएर्का ‘सिल’ गरिएका छन । यो वर्षको हरितालिका भदौ ५ गते छ । अघिल्लो दिन दिदीबहिनीलाई दर खुवाउने चलन छ । महिला पतिको सुस्वास्थ्य र दीर्घायूका लागि तीजमा व्रत बस्छन् र भगवान् शिवको आराधना गर्छन् ।