अछाममा क्वारेन्टाइनबाट घर फर्केका एक व्यक्तिको मृत्यु

सांकेतिक तस्बिर

अछाम – क्वारेन्टाइन बसेर घर फर्केका एक व्यक्तिको अछाममा उपचारका क्रममा मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय व्यक्तिको उपचारका क्रममा बयलपाटा अस्पतालमा आइतबार मृत्यु भएको हो ।

शनिबार एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बयलपाटा अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । मधुमेहका बिरामी ती व्यक्तिले औषधिसमेत सेवन गरिरहेका अधिकारी जोशीको भनाइ छ ।

मृत्यु भएका व्यक्ति र उनीसँगै अस्पतालमा कुरुवा रहेका दुई जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब लिएर धनगढी पठाइएको छ । मृत्युसँगै क्वारेन्टाइनमा रहेका अन्य दुई जनामा आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि स्थानीयस्तरमै निर्माण गरिएको आइसोलेसन कक्षमा रहेका छन् ।

उनी भारतबाट आएर १४ दिन वडाको क्वारेन्टाइन बसेर असार ९ गते आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर गएको बताइएको छ ।

कैलालीको सीमा नाका गौरीफन्टा हुँदै जेठ २७ मा अछाम पुगेर वडामा रहेको कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्