काठमाडौँ – सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो । यससँगै सङ्घीय संसद्का दुवै सदनको चालू अधिवेशन औपचारिक रूपमा समाप्त हुनेछ ।




