पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा हुने

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलिटर २० रुपैयाँले बढेर आए पनि निगमले हाल कायम रहेको बिक्री मूल्यमा कुनै परिवर्तन नगरेको हो। चाडपर्व नजिकिँदै गरेको, हालैको बाढीपहिरोले पुर्‍याएको क्षति तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरी साबिककै मूल्य कायम राखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ।

नयाँ निर्णयअनुसार बजारमा पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको अवस्थामा पनि उपभोक्तामाथि थप भार नपरोस् भनेर बिक्री मूल्य नबढाउँदा निगमलाई आर्थिक भार पर्ने जनाएको छ। निगमका अनुसार हालको मूल्य कायम राख्दा १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा भारतीय बजारबाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा आगामी दिनमा मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्