दुहुँको धारीमा र महाकालीको छापरीमा कांग्रेस उम्मेदवार जोशीको चुनावी भेटघाट

दार्चुला – नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवार उम्मेदवार धर्मानन्द जोशी र समानुपातिक तर्फका उम्मेदवार करबिर बहादुर कार्की नेतृत्वको प्रचारप्रसारको टोलिले आज दुहुँ गाउँपालिकाको वडा नम्बर ४ धारीमा,दुहुँ गाउँपालिकाका वडा नम्बर ३,४,५ र महाकाली नगरपालिका वडा नम्बर १ को छापरीमा आम मतदाता,काङ्ग्रेसका अगुवा नेता कार्यकर्ता संग निर्वाचन लक्षित भेटघाट तथा अन्तरक्रिया गरेको दार्चुला काङ्ग्रेसका जिल्ला कार्यसमिति सदस्य सुरेन्द्र बमंले जानकारी दिएका छन् ।

भेटघाट कार्यकर्तामा दार्चुला काङ्ग्रेसका सचिव एवं पुर्व दुहुँ गाउँपालिला अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जिल्लामा विकास निर्माणका कार्यलाई निरन्तरता दिन र विकासमा गुणस्तर र सुशासन कायम गर्न ,दार्चुलाको आवाजलाई संसदमा पुगाउन,राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा निति निर्माणका क्षेत्रमा,दन्द्व व्यवस्थापन,शान्ति स्थापना,मानव अधिकारका क्षेत्रमा काम गरेरको अनुभव बटुलेका,ईमानदार स्वच्छ छविका, सामाजिक सेवामा समर्पित रहेका धर्मानन्द जोशी लाई दार्चुला काङ्ग्रेसले उम्मेदवार बनाएकोले रुख चिन्हमा मतदान गरेर काङ्ग्रेस जिताउन आवश्यक रहेको बताएका छन् ।


यस्तै भेटघाट कार्यक्रममा बोल्दै दार्चुला कांग्रेसका कोषाध्यक्ष हंस राज भट्टले अहिले देशको वर्तमान राजनीतिक अन्योल र अस्थिरताको अवस्थालाई अनत्य गर्न र देशमा स्थायीत्व,शान्ति सुशासन कायम गर्दै संविधान,लोकतान्त्रको रक्षा गर्नका लागी देशमा काङ्ग्रेसको सरकार हुनुपर्ने आवश्यक रहेकोे बताए साथै काङ्ग्रेसले जेन्जी आन्दोलनको मर्म भावनालाई आत्मसात गर्दै आफ्नो गल्ती स्विकार्दै पार्टीमा रुपान्तरण,हस्तान्तरण गर्दै पार्टीको निति नेतृत्व बदलेर देश बदल्नको लागी स्पष्ट दृष्टिकोण भएको,देशलाई सहि नेतृत्व दिन सक्ने व्यक्ति गगन थापा नै भएकाले गगन थापालाई प्रधानमन्त्री बनाउन दार्चुलाबाट धर्मानन्द जोशीलाई लाई जिताउनुपर्ने कांग्रेसका कोषाध्यक्ष भट्टले बताए ।

यस्तै भेटघाट कार्यक्रममा आफ्नो कुरा राख्दै काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवार धर्मानन्द जोशीले आफू सन् २००६ देखि २००९ सम्म संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सेवाअन्तर्गत शान्ति र राजनीति क्षेत्रमा तथा त्यसपछि २०१९ सम्म अफगानिस्तान र इराक लगायतका देशमा द्वन्द्व व्यवस्थापनमा रहेर काम गरे। मानवीय मामिला, मानव अधिकार मामिला, राजनीतिक र चुनावी मामिलामाका लागि भारत, थाइल्याण्ड, मौरिसस, संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, इटाली, स्विट्जरल्याण्ड, युएई, कतारलगायत देशमा पुगेर तालिम प्राप्त गरेको अनुभव बटुलेर विभिन्न सामाजिक कार्यपछि नीति निर्माण क्षेत्रमै पुगेर शिक्षा, स्वास्थ्य, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अठोट सहित म सांसदको उम्मेदवार भएको बताए ।

भेटघाट कार्यक्रममा आफ्ना कुरा राख्दै काङ्ग्रेस उम्मेदवार जोशीले भने मैले जीवनमा धेरै परीक्षा दिएको छु। दार्चुलाको सुधारका लागि यसपटक अन्तिम विषयको परीक्षा दिनका लागि म नेपाली काङ्ग्रेसको तर्फबाट रुख चिन्ह लिएर उम्मेदवार भएकोले जनताको स्नेह माया आशिर्वादले म सांसद बन्ने अवसर पाए भने म सांसद होइन तपाईको सेवक बनेर सधै राष्ट्र जनता र लोकतन्त्रको पक्षमा उभिएर तपाई मतदाताको मत विश्वासको कदर गर्दै सधै सुशासनका लागी भ्रष्टाचार विरुद्ध लड्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु काङ्ग्रेस उम्मेदवार जोशीले भने ।

भेटघाट तथा घरदैलो कार्यक्रममा जिल्ला सभापति ललित सिह बोहरा,सचीव पुलेन्द्र बहादुर कार्की,कोषाध्यक्ष हंसराज भट्ट,जिल्ला कार्यसमिति सदस्य सुरेन्द्र बहादुर बम,प्रदेश क्षेत्रीय कार्यसमिति क का उपसभापति गोपाल सिंह कार्की,नेपाली काङ्ग्रेस दुहुँका सभापति नरेन्द्र कुवर लगायत दुहँ वडा नम्बर ३,४,५ का र महाकाली नगरपालिका वडा नम्बर १ का काङ्ग्रेसका अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्