रामेछाप बस दुर्घटना: पीडित परिवारद्वारा यातायात बन्द, माग पूरा नभएसम्म शव नबुझ्ने अडान

रामेछाप — मंगलबार बिहान मन्थली नगरपालिका–६ मसानटार नजिकै भएको बस दुर्घटनाका पीडित परिवारले विभिन्न माग अघि सार्दै आज जिल्लाभर यातायात बन्द गराएका छन्।

पीडित पक्षले मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। सोही मागलाई सम्बोधन गर्न दबाबस्वरूप सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन ठप्प पारिएको हो।

यातायात बन्दका कारण मन्थली–काठमाडौं, मन्थली–खुर्कोट लगायतका मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित बनेको छ। लामो दूरीका सवारीसाधन सञ्चालनमा आउन नसक्दा यात्रुहरू अलपत्र परेका छन्।

दुर्घटनामा १२ जनाको ज्यान गएको तथा ८ जना घाइते भएका छन्। पीडित परिवारले माग पूरा नभएसम्म मृतकका शवसमेत नबुझ्ने अडान लिएका छन्। हाल मृतकहरूको शव मन्थली अस्पतालमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालयले भने संवाद र सहमतिमार्फत समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्