‘वालेन-रवि गठबन्धन कसैले गराइदिएको हो, टिक्दैन’: कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीचको सहकार्य स्व–स्फूर्त नभएको टिप्पणी गरेका छन्।

बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले उक्त सहकार्य उनीहरूको आफ्नै आवश्यकता वा इच्छाभन्दा पनि “कसैले गराइदिएको गठबन्धन” जस्तो देखिएको धारणा राखे।

उनले लामिछाने र बालेनबीचको गठबन्धन लामो समय टिक्न नसक्ने जिकिर गर्दै भने, “यो रहरले बनेको गठबन्धन होइन, गराइएको गठबन्धन हो। धेरै समय टिक्ने देखिँदैन। गठबन्धन हुनुभन्दा दुई दिनअघिका उहाँहरूको अभिव्यक्ति हेर्दा पनि स्पष्ट हुन्छ। त्यसैले यो कसैले बनाइदिएको गठबन्धनको भर छैन, केही समयमै देखिहाल्छौँ।”

सहकारी ठगीलगायत विभिन्न प्रकरणका कारण रवि लामिछानेको लोकप्रियता घट्दै गएको दाबी गर्दै चालिसेले पार्टीको साख जोगाउनकै लागि बालेनलाई अघि सारिएको आरोप लगाए।

प्रवक्ता चालिसेले अहिलेको निर्वाचन राष्ट्रपतीय प्रणालीजस्तो देखिएको उल्लेख गर्दै कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेनबीच कुनै तुलना हुन नसक्ने टिप्पणी गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्