सर्वोच्चको आदेशसँगै रबिन्द्र मिश्र थुनामुक्त

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त भएका छन् । नेता मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त भएका हुन ।

न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो । उनी गत चैत १५ गते भएको राजावादीहरूको हिंसात्मक प्रदर्शन पछि उनलाइ पक्राउ गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्