प्रतिनिधिसभाका तीन सांसद निलम्बनमा, यस्तो छ निलम्बनको कारण !

 

काठमाडौँ — प्रतिनिधिसभाका तीन जना सांसद हाल निलम्बनमा परेका छन्। पछिल्लो पटक नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बनमा परेपछि यो सङ्ख्या तीन पुगेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणमा टेरामक्स प्रविधि खरिद सम्बन्धी प्रकरणमा ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सो मुद्दा दर्ता भएसँगै बस्नेतको सांसद पद स्वतः निलम्बित भएको हो। उनी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

यसअघि सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर ३ का सांसद रवि लामिछाने निलम्बनमा परेका थिए। उच्च अदालत बुटवलको आदेशमा लामिछाने हाल थुनामा छन्। त्यस्तै, भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका नेता तथा अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझी पनि थुनामा रहेका छन् र उनको सांसद पद समेत निलम्बित अवस्थामा छ।

प्रचलित कानुनअनुसार कुनै पनि सांसदविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा सो व्यक्तिको सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्