प्रविधिमैत्री शिक्षा र प्रतिभा विकासमा अग्रणी: गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुल !

काठमाडौँ — प्रविधियुक्त पठनपाठन, आधुनिक पूर्वाधार, प्रतिभा विकासमा केन्द्रित कार्यक्रम र अनुभवी शिक्षकहरु सहित गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना खुलिसकेको र इच्छुक अभिभावक तथा विद्यार्थीलाई समयमै सम्पर्क गर्न विद्यालय प्रशासनले आग्रह गरेको छ।  प्ले ग्रुपदेखि ६ सम्मका कक्षाहरुमा केहि सिट खाली रहेकोले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न समेत सबै अभिभावकहरुलाई विद्यालयले आग्रह गरेको छ । माथिल्ला कक्षाहरुमा सिट नभएको समेत विद्यालयले जानकारी दिएको छ ।

विद्यालयले ‘शिक्षा भनेको केवल किताबी ज्ञान मात्रै होइन, व्यक्तित्व विकासको आधार पनि हो’ भन्ने दृष्टिकोणका साथ शैक्षिक र सह–शैक्षिक पक्षलाई समान प्राथमिकता दिँदै आएको छ। विद्यालयमा स्मार्ट बोर्ड प्रविधिको माध्यमबाट पढाइ हुने व्यवस्था छ, जसले विद्यार्थीलाई सजिलो र रमाइलो सिकाइ वातावरण प्रदान गर्दछ। कम्युटर ल्याब, साइन्स ल्याब, तथा सुसज्जित पुस्तकालयले विद्यार्थीको व्यावहारिक ज्ञान र अनुसन्धान क्षमतामा वृद्धि गरिरहेको विद्यालयले जनाएको छ।

विद्यालयमा ‘अर्किड आइडल’ जस्ता गायन र नृत्य प्रतियोगिता, म्युजिक क्लास, र विभिन्न खेलकुद गतिविधि सञ्चालन गरिन्छ। विद्यालयको आफ्नै खेल मैदानप्ले ग्रुप बच्चाहरूका लागि छुट्टै खेल क्षेत्र पनि व्यवस्था गरिएको छ।

विद्यालयका सञ्चालक प्रेमकुमार भुजेल भन्छन्, “हामीले अर्किड प्युपललाई केवल विद्यालय नभई ‘दोस्रो घर’ बनाउने प्रयास गरेका छौं। यहाँ बच्चाहरूलाई सुरक्षित, आत्मीय र प्रेरणादायी वातावरणमा शिक्षा दिन्छौं। प्रविधिसँगै उनीहरूको कला, खेलकुद, भाषिक तथा सामाजिक क्षमताको पनि विकास होस् भन्ने हाम्रो उद्देश्य हो। हामी समकालीन आवश्यकतालाई बुझेर शिक्षाको नयाँ मोडेल प्रस्तुत गर्न लागिपरेका छौं।”

विद्यालयको शैक्षिक नेतृत्व प्रिन्सिपल सी.बी. कार्की र विद्यालय संयोजक नरेन्द्र पाण्डेले सम्हालिरहेका छन्। दुवैको शिक्षण तथा शैक्षिक व्यवस्थापनमा व्यापक अनुभव छ, जसले विद्यालयको गुणस्तरीयता निरन्तर सुधार गर्न सहयोग पुर्‍याइरहेको छ।

शैक्षिक गुणस्तर, शारीरिक तथा सिर्जनात्मक विकास, प्रविधिसँग जोडिएको सिकाइ प्रणाली र सुरक्षित तथा सौहार्दपूर्ण वातावरणको कारणले अर्किड प्युपल सेकेन्डरी स्कुल आजको प्रतिस्पर्धात्मक शैक्षिक क्षेत्रमा पृथक पहिचान बनाउन सफल भएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्