काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि एकपटक विमानमा बम राखिएको धम्की आएको छ । शनिबार एयर इन्डियाको विमानमा बम रहेको थ्रेट आएको हो ।
दिल्ली उड्न लागेको विमानमा बम रहेको थ्रेट आएपछि सबै यात्रुलाई ओरालेर चेक जाँच गराइएको थियो । चेक जाँचपछि कुनै खतरनाक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ ।
दिउँसो ४ः ३१ मा बम राखिएको धम्की आएपछि प्रहरी र नेपाली सेनाको टोलीले चेकजाँच गरेको थियो । विमानमा कुनै खतरनाक चिज नभेटिएपछि विमान दिल्ली उड्ने भएको छ । यसअघि पनि एयर इन्डिया र भिस्ताराको जहाजमा बम राखिएको धम्की आएको थियो । ती विमानमा पनि बम भेटिएको थिएन ।