डेउडा साहित्य : भाइटिकाकी बैनालाई निउतो !!

दशैँ गइगै, दुत्या आइगै, हजारी फुली गै ।
खबर छैन मेरी बैना, काममा भुली है ।।
घर छैकी घरिना छैकी, रैबार नाइ आयो ।
सुकेरी छै मेरी बैना ? परदेशी भाइ आयो ।।

हिउन लाग्यो सुक्न पसि पानीकि पधेरी ।
अधेरी छ कोहि पन छैन, इजाकी मझेरी ।।
जन सोचे को छर मेरा पाँच भाइ होइबटी ।
ब्यानबासा फोनला भनी इजाकी छटपटी ।।

यै पाली जस्यालै आए, घर ब्यवस्था गरी ।
बुढा इजा बुढा बाबा, खुशरन्ना मन भरी ।।
धान बाली मकै बाली, थन्केकी भकारी ।
घरपरिवार लालाबाला, कसाछन सुकारी ।।

लाइदे छोरा फोन भन्ना, इजा बार बार ।
मुइ भन्नो आइझाली बैना जनगर हतार ।।
बारिकी सुन्तला दानी हुन लागि लाल ।
ए मेरि पिठ्युकी बैना धन्य माया जाल ।।

जन गरे खर काट्दा हतार, गरे रहे फाम ।
जति गर्या उत्तिकै हुदो, घरधन्दाको काम ।।
हजारीकी फुलभाडी, तेरा माइत्या माल ।
बैनाकी बुन्याकी माला, पर्खेछ यै साल ।।

दिन बार हेरी आए, माइत्या घर बैना ।
मगजकी पुरी भान्जी कति हेर्दिछ ऐना ।।
भानिजाकी तोते बोली, रिटन्छ आँखामा ।
दिन रात गिन्ती गर्दै, भानिजिको मामा ।।

कइ ठौर जनम भयो कइ ठौर रन भयो ।
आउना दिन मेरि बैना उदास झन भयो ।।
बारीकी सुन्तला दानी, असिनाले खायो ।
भाइबैनी छुट्टीन्या रित, कै पुर्खाले लायो ।।

यइ महिना सत्तर पैट, बाटो हेरि रौला ।
जनमाणे चिन्ता बैना, आदिबाटो आउला ।।
फेसबुकका गित मार्फत, रैबार पठाया ।
मेरि बैना जल्ती आए, यतिकै अटाया ।।

विष्णु जोशी ‘अँठोला’
शैल्यशिखर न पा ०७ बिरालिपोखरा, दार्चुला
हाल शैल्यशिखर नगरपालिका गोकुलेश्वर दार्चुलामा कार्यरत

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्