तिहारअघि नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ – तिहारअघि दोहोरो अंकले गिरावट भएर नेप्से बन्द भएको छ।

तिहारअघिको अन्तिम कारोबार अर्थात् बुधबार बजारमा १४‍.४३ अंकले घटेर बजार बन्द भएको हो।

बजारमा करेक्सन देखिए पनि कारोबार रकम भने ५ अर्ब ९५ करोड पुगेको छ। मंगलबार ४६‍‍.६९ अंकले बजार बुद्धि हुँदा पनि कारोबार रकम भने ६ अर्ब १२ करोड रुपैयाँ मात्र थियो।

बुधबार ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घट्यो भने ५ वटाको स्थिर रहदा एक करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेच भएको छ। बुधबार सबैभन्दा धेरै सिएचडिसी हाइड्रोपावरको ३४ करोड र सानिमा जिआइसी इन्स्योरेन्सको २६ करोडको सेयर किनबेच भएको छ।

आज गुरास लघुवित्त, मिड सोलु हाइड्रोपावरको सेयर मूँल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै जानकी फाइन्नास र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानिकर्ताले सर्वाधिक गुमाएका छन्। सोमबार र मंगलबार गरि दुई दिनमा नेप्से परिसूचक ७४.१ प्रतिशत बढेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्